१० मंसिर २०८१, सोमबार
नेपाल एपिएफ क्लब केएनपी राष्ट्रिय महिला भलिबल च्याम्पियन बनेको छ । मंगलबार भएको फाइनलमा अर्को विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई ३—० को सोझो सेटमा पराजित गर्दै एपीएफले उपाधि जितेको हो ।
अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई मंगलबार ३—० को सोझो सेटमा हराउँदै एपिएफले उपाधि रक्षा गरेको छ ।
लगनखेलस्थित सैनिक तालिम केन्द्रको कोर्टमा भएको फाइनलमा एपिएफले २५—१४,२५—९,२५—१५ ले नतिजा आफ्नो पक्षमा पारेको हो । उपाधिसंगै एपीएफले २ लाख नगद प्राप्त गरेको छ । उपविजेता बनेको आर्मीले १ लाखमा चित्त बुझायो ।
प्रतियोगितामा होङ्गवान्जी न्यु डायमण्डले तेस्रो स्थान हात पार्यो ।
नेपाल पुलिस क्लबलाई ३(० को सोझो सेटमा पराजित गर्दै न्यु डायमण्डले तेस्रो स्थान हासिल गरेको हो ।
न्यु डायमण्डले पुलिसमाथि २५—२२,२५—१८ र २५२२ को सेटमा जित निकाल्यो । प्रतियोगितामा तेस्रो भएसंगै न्यु डायमण्डले ५० हजार प्राप्त गरेको छ ।
यस बर्ष एपीएफको यो दोस्रो उपाधिसमेत हो । एपीएफले यसै महिना नेपालगंजमा सम्पन्न आठौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला भलिबलको उपाधि जितेको थियो । शेरबहादुर खड्का स्मृति प्रतिष्ठानले आयोजना गरेको प्रतियोगितामा ६ टोलीले प्रतिस्पर्धा गरेका थिए ।