आर्सनलद्वारा भ्यालेन्सिया पराजित

होमल्याण्ड खबर

२०७६ बैशाख २० गते, शुक्रबार १०:४० मा प्रकाशित

युरोपा लिग फुटबलको सेमिफाइनलको पहिलो लेगमा इंग्लिस क्लब आर्सनलले स्पेनिस क्लब भ्यालेन्सियालाई पराजित गरेको छ ।

बिहिबार राति भएको खेलमा आर्सनलले भ्यालेन्सियालाई ३–१ ले पराजित गरेको हो ।

आर्सनलका लागि एलेक्जेन्डर लाकाजेट्टीले दुई र पियरी एम्रिक अबुमियाङले एक गोल गरे । भ्यालेन्सियाका लागि मोक्टार दिखावबीले एक गोल गरे ।

खेलको ११ औं मिनेटमा दिखावबीले गोल गर्दै पाहुना टोली भ्यालेन्सियालाई सुरुवाती अग्रता दिलाएका थिए । १८ औं मिनेटमा आर्सनलका लाकाजेट्टीले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । २६औं मिनेटमा लाकाजेट्टीले व्यक्तिगत दोस्रो तथा टिमका लागि दोस्रो गोल गर्दै आर्सनललाई २–१ ले अघि बढाए ।

 इन्ज्युरी समयमा अबुमियाङले गोल गर्दै चेल्सीलाई ३–१ को सहज जित दिलाए ।

दोस्रो लेग भ्यालेन्सियाको घरेलु मैदानमा मे १० मा हुनेछ ।