१ मंसिर २०८१, शनिबार
राजपाका नेता तथा सांसद राजेन्द्र महतोले संविधानलाई गीता, कुरान वा बाइबल जस्तो अकाट्य बनाउन खोजेको हो? भन्दै प्रश्न गरेका छन् ।
आइतबार सरकारको नीति तथा कार्यक्रममा आफ्नो संशोधन प्रस्तुत गर्दै महतोले यस्तो प्रश्न सोधेका हुन् ।
उनले भने, ‘हामीले संविधान जारी भएको दिनदेखि यसमा विमती जनाइरहेका छौं, अहिले सरकारले कसैको विमती नै छैन भनेर उल्लेख गरेको छ । के यो संविधानलाई गीता, कुरान वा बाइबल जस्तो अकाट्य बनाउन खोजेको होरु त्यो बनाउन खोजेको हो भने यो संविधान पनि बाई बाई भइहाल्छ।’
उनले यो संविधानमा सम्पूर्ण रुपमा सहमति नरहेको बताउँदै यसलाई संशोधन गर्नुको साटो सरकार अहंकारमा रमाएको समेत बताए ।