९ मंसिर २०८१, आईतवार
कान्तिपुर पब्लिकेशनका प्रकाशक, सम्पादक एवं सञ्चारकर्मीहरुले आज सर्वोच्च अदालतमा उपस्थित भएर ‘अदालतको अवहेलना’ सम्बन्धी मुद्दामा बयान दिँदैछन् । अदालतले काटेको ७२ घण्टे पूर्जीका आधारमा कान्तिपुरकर्मीहरु बयानका लागि उपस्थित हुन लागेका हुन् ।
प्रधानन्यायाधीश गोपाल पराजुलीको उमेरसम्बन्धी समाचार प्रकाशित गरेपछि सर्वोच्च अदालतमा कान्तिपुरविरुद्ध अदालतको अवहेलना मुद्दा दायर भएको थियो । सो मुद्दामा तीन दिनभित्र बयानका लागि हाजिर हुनुभन्ने प्रधानन्यायाधीश गोपाल पराजुलीको आदेशअनुसार आज शुक्रबार बयानका लागि जान लागेको कान्तिपुर स्रोतले बतायो ।
प्रधानन्यायाधीशबारे कान्तिपुरमा प्रकाशित समाचार कानूनी व्यवस्था प्रतिकुल, अनर्गल र भ्रामक रहेको प्रथम दृष्टिमा नै देखिन आएको भन्दै अदालतले अवहेलना मुद्दामा वयानका लागि म्याद थप्नसमेत नपाउने गरी कान्तिपुरलाई बोलाएको हो । प्रधानन्याधीश पराजुलीले आफैं जोडिएको अवहेलना सम्बन्धी मुद्दा आफैंले हेरिरहेका छन्् ।