१ मंसिर २०८१, शनिबार
नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजवादी फोरमबीच भएको पार्टी एकता सहमतिको आज औपचारीक घोषणा हुँदै छ ।
गत शुक्रबार उनीहरुबीचको सहमतिमा एकीकृत पार्टीको नाम समाजवादी पार्टी नेपाल राख्ने तय भएको थियो । सोही अनुसार आज ९सोमबार० पार्टी एकताको औपचारीक घोषणा हुने भएको हो ।
अबको एकीकृत समाजवादी पार्टीमा नयाँ शक्तिका संयोजक डाक्टर बाबुराम भट्टराई पहिलो वरीयताको अध्यक्ष रहने र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव दोस्रो वरीयतामा रहने तय भएको छ ।
भट्टराई संघीय समितिको अध्यक्ष र यादव केन्द्रीय समितिको अध्यक्ष रहनेगरी एकताको प्रक्रिया टुंगो लगेको हो।