१ मंसिर २०८१, शनिबार
नेपाली कांग्रेसका गगन थापाले सरकारले लिएको अहिलेको नारा फेरेर ‘समृद्ध दमक : सुखी केपी ओली ’ राख्न सुझाव दिएका छन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा आगामी आर्थिक वर्ष २०७६-७७ को नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले सो सुझवा दिएका हुन् ।
उनले प्रधानमन्त्रीको कार्यालयले आफ्नो गृहजिल्लाका लागि योजना आयोगमा पठाएको फेहरिस्त पढेपछि यो सुझवा दिन मन लागेको समेत उनले बताए ।
उनले सम्बोधनको क्रममा अहिलको सरकारलाई ‘महामहिम राष्ट्रपतिको सरकार’ भनेर व्यंग्य समेत गरेका थिए । राष्ट्रपतिले नीति तथा कार्यक्रममा सरकारलाई मेरो सरकार भनेकोमा सर्बत्र आलोचना भइरहेको छ ।
उनले फेरिपनि भने,‘‘ राजाको भद्धा नक्कल गर्न राष्ट्रपतिलाई आगामी १ वर्ष सम्म उतार्ने कि नउतार्ने ?’’ महामहिमज्यूको सरकारलाई सोध्न चाहन्छु ।
उनले अहिलेको सरकारले नीति तथा कार्यक्रममा पुराना कुरा फेर्ने मौका पाएको भएपनि नफेरी पुरानै ढर्रामा चलेको बताउँदै अहिलेको स्थीर सरकारले मौका पाएको भएपनि त्यसो नगरेको गगनको भनाइ थियो । उनले नीति तथा कार्यक्रममा कपटपूर्ण, झूटा र भ्रामक कुरा भएको संक्रमणकालीन घटनाहरु झन् पेचिला भएको समेत जनाएका छन् ।