१ मंसिर २०८१, शनिबार
नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णु पौडेलले ललिता निवास प्रकरणमा दोषी भेटिए जस्तोसुकै कारबाही भोग्न पनि तयार रहेको बताएका छन् ।
सोमबारको प्रतिनिधि सभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा बोल्दै महासचिव पौडेलले ललिता निवास प्रकरणमा आफ्नो पनि नाम आएकोले स्वतन्त्ररुपमा छानबिन गरेर दोषी भेटिएका कारबाही भोग्न तयार भएको बताएका हुन् ।
उनले भने, “ललिता निवास जग्गा प्रकरणका सम्बन्धमा म लागयत पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, माधवकुमार नेपाल र बाबुराम भट्टराई लगायत अन्य व्यक्तिहरुको नाम आएका छन् । वर्तमान सरकारले गैरकानूनी तवरमा व्यक्तिका नाममा रहेका सरकारी जग्गा सरकारको स्वामित्वमा फर्काउन चालेको कदमलाई स्वागत गर्दछु । यस प्रकरणमा म दोषी ठहर भएका कारबाही भोग्न तयार भएको अवगत गराउन चाहान्छु ।“
उनले सरकार जनताप्रति उत्तरदायी भएको महसुस गरेको बताएका छन् । उनले भने, “यस वर्षको नीति तथा कार्यक्रमले एक थान नीति कार्यक्रम प्रस्तुत गरेरमात्र जिम्मेवार पूरा हुँदैन । यसको कार्यान्वयनका विषयमा जोड दिएकोले संसदप्रति जवाफदेहिता रहेको महसुस गरेको छु ।“
उनले गत वर्ष समृद्ध नेपाल सुखी नेपालीका आधारहरु तयार भएको बताएका छन् । उनले भने, “हामी नीतिगत हिसाबमा दुविधारहित स्थितिमा आएका छौं । हाम्रो गन्तव्य स्वतन्त्र स्वाधीन राष्ट्र हो र नेपालको हितलाई केन्द्र भागमा राखेर रेलमार्गका माध्यमबाट दक्षिण र उत्तरी राष्ट्रिसँग थप सम्बन्ध स्थापित गर्छ भन्ने हो । हामी ट्रडे ट्रान्जिटका लागि उत्तरी नाका पनि खुला भएको छ ।“