१ मंसिर २०८१, शनिबार
नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले प्रधानमन्त्री केपी ओलीलाई इतिहास बनाउन खप्पिस भएको बताएका छन् ।
बुधबार प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृहमा कांग्रेस जागरण अभियानको उदघाटन कार्यक्रममा बोल्दै खाँडेले यस्तो बताएका हुन्।
खाँडले भने, ‘ओली इतिहास बनाउन खप्पिस हुनुहन्छ, त्यो हिजोको संसदमा पनि देखियो।’
काठमाडौंलाई माक्समाडौं बनाएको आरोप लगाएका उनले प्रधानमन्त्रीलाई गैह्रसंसदिय अभ्यास गरेको र अहिले ओलीपथ ज्ञानेन्द्रपथमा रुपान्तरण भएको बताए ।
एनसेलको कर के भयो ? एनसेलको फोरजी काण्ड के हो ? निर्मलाको हत्यारा को होरु ती तपाइँका पार्टीका मान्छे हुन ? हामीले प्रश्न गर्दा तपाइँ किन गैह्रसंसदीय अभ्यास गर्नुहुन्छ भन्दै प्रश्न समेत सोधेका थिए ।
कांग्रेसलाई सशक्त बनाउनका लागि आजदेखि ‘जागरण अभियानु कार्यक्रम सुरु गरेको छ । आज देशभर कांग्रेस नेताहरुले सम्बोधन गरिरहेका छन् ।