८ मंसिर २०८१, शनिबार
हिडन ट्रेजरले आयोजना गरेको सौन्दर्य प्रतियोगिताको २५ औं संस्करण अन्र्तगत ‘मिस नेपाल २०१९’ को उपाधि अनुष्का श्रेष्ठले जितेकी छन् ।
मिस नेपालको फाइनल प्रतिस्पर्धाका सहभागी २४ सुन्दरीलाई पछि पार्दै अनुष्काले मिस नेपालको उपाधि हात पारेकी हुन् । उनी मिस नेपालमा सहभागी हुन अस्ट्रेलियाको आकर्षक जागिर छाडेर यहाँ आएकी थिइन् ।
मिस नेपालमा सहभागी हुन नेपाल आउनुअघि उनी अस्ट्रेलियाको कमनवेल्थ बैँकमा अडिट एडमिनिस्ट्रेटर रहेकी थिइन्।
अनुष्कालाई मिस नेपाल २०१८ की शृंखला खतिवडाले ताज लगाइदिएकी थिइन् । अनुष्काले अब मिस वल्र्डमा नेपालको प्रतिनिधित्व गर्नेछिन् ।
अनुष्काको यस्तो जवाफ
प्रमुख निर्णायक इला शर्माको प्रश्नमा अनुष्काले अधिकार र कर्तव्य एक सिक्काका दुई पाटा भएको बताउँदै नागरिक, व्यक्ति, साथी र जीवनसाथीले आफ्नो जिम्मेवारीको महसुस गरेमा मात्र अधिकारको भागीदार हुने जबाफ दिएकी थिइन् ।
‘मिस नेपाल यूनिभर्स’ प्रदिप्ता अधिकारी, ‘मिस नेपाल अर्थ’ रिया बस्नेत र ‘मिस नेपाल इन्टरनेशनल’को उपाधि मिरा कक्षपतिले जितेका छन् । यस्तै ‘मिस फ्यासिनो ‘अनुष्का श्रेष्ठ, ‘मिस कन्फिडेन्स’ निशा पाठक र ‘ब्युटी विथ प्रपोज’को उपाधि निकिता कर्माचार्यले जितेका छन् ।
टप ७ मा पुगेका ५ जनालाई उपाधि
सहभागी २५ सुन्दरीमध्ये
टप ७ मा
पुगेकामध्ये ५ जनालाई
यी उपाधि दिइएको
थियो । २५
प्रतिस्पर्धीमध्ये १५ हुँदै
अन्तिममा ७ जना
छानिएका थिए ।
उत्कृष्ट सातमा अनुष्का श्रेष्ठ, रक्षा उप्रेती, रोज लामा, प्रदीप्ता अधिकारी, सोफिया भुजेल, रिया बस्नेत र मीरा कक्षपति पुगेका थिए ।