१० मंसिर २०८१, सोमबार
भारतमा जारी १२ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधिका लागि आज चेन्नाई सुपर किंग्स र मुम्बई इण्डियन्सबीच प्रतिस्पर्धा हुँदैछ ।
महेन्द्रसिंह धोनीको चेन्नाई र रोहित शर्माको मुम्बईबीचको भिडन्त साँझ ७ बजेर ४५ मिनेटमा हैदरावादमा प्रतिस्पर्धा हुँदैछ ।
चेन्नाई मुम्बईलाई लिग चरण र प्लेअफको हारको बदला फाइनलमा लिने लक्ष्यमा रहेको छ भने मुम्बई फेरी चेन्नाईलाई पराजित गर्दै उपाधि आफ्नो पक्षमा पार्ने लक्ष्यमा रहेको छ ।
मुम्बईले चेन्नाईलाई पहिलो क्वालिफायरमा पराजित गर्दै फाइनलमा पुगेको हो भने चेन्नाईले दोस्रो क्वालियफायरमा दिल्ली क्यापिटल्सलाई पराजित गर्दै फाइनलमा पुगेको हो ।
मुम्बई र चेन्नाईले जारी आईपीएलमा तीन खेलमा प्रतिस्पर्धा गरिसकेको छ । तीनै खेलमा मुम्बईले चेन्नाईलाई पराजित गरेको छ ।
यी दुबै टिमले आईपीएल समान तीन–तीन पटक आईपीएलको उपाधि जितेका छन् ।
मुम्बई र चेन्नाईबीच अहिलेसम्म तीन पटक उपाधि भिडन्त गर्दा दुई पटक मुम्बईले जितेको छ भने एक पटक मात्रै चेन्नाईले जितेको छ ।
चेन्नाईले सर्वाधिक ८ पटक फाइनल खेल्दैछ भने मुम्बईले यस संस्करण सहित पाँचौ पटक फाइनल खेल्न लागेको हो ।