नेपाली युवा वैदेशीक रोजगारीमा जाँदा सबैभन्दा ठूलो क्षति राष्ट्रले बेहोरेको छः अध्यक्ष दाहाल

होमल्याण्ड खबर

२०७६ बैशाख ३१ गते, मंगलवार १३:१२ मा प्रकाशित

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैदेशीक रोजगारीले परिवारमा मात्रै नभइ समाज नै विगठन हुने खतरा हुने बताएका छन् ।

अन्तर्राष्ट्रिय प्रांगारिक कृषि सम्मेलनको उद्घाटन गर्दै प्रचण्डले वैदेशिक रोजगारीले देशमा आम्दानीभन्दा बढी समस्या सिर्जना गरेको भन्दै देशको स्रोत साधनको अधिकतम प्रयोग गरी नेपाली युवालाई स्वदेशमै काम गर्ने वातावरण बनाउनुपर्ने बताए ।

कार्यक्रममा बोल्दै प्रचण्डले भने, ‘नेपाली युवा कामकै लागि विदेश जाँदा सबैभन्दा ठूलो क्षति राष्ट्रले बेहोरेको छ । हामी विदेशिएका युवाले ल्याएको रेमिट्यान्सको मात्र हिसाब किताब गरिरहेका छौं ।त्यो भन्दा ठूलो समस्या परिवार विगठनको छ ।’

यस्ता समस्यालाई र्निमुल पार्न अहिलेको आवश्यकता कृषि रहेको भन्दै उनले कृषि क्षेत्रमा सुधार गरेर अघि बढ्नुपर्ने बताए ।