२४ फाल्गुन २०८२, आईतवार
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलको बैठक सुरु भएको छ ।
काठमाडौंको सिंहदरवारस्थित कांग्रेस संसदीय दल कार्यालयमा सुरु भएको बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रम र आगामी आर्थिक वर्षको बजेटबारे छलफल हुनेछ ।


मुलुकको समसामायिक विषय तथा विभिन्न समितिमा रहेको विवादित विधयेकको विषयमा समेत बैठकमा छलफल हुने जनाइएको छ ।