८ मंसिर २०८१, शनिबार
रानीपोखरीलाई प्रताप मल्लकालीन शैलीमा निर्माण गर्न विज्ञ समूहले गरेको सिफारिस विपरीत १२ वैशाख २०७२ को भूकम्पले भत्कनु अघिकै अवस्थामा फर्काउने पुरातत्व विभागले निर्णय गरेको छ ।
रानीपोखरी पुनर्निर्माणमा कंक्रिट प्रयोग भएको भन्दै विरोध भएपछि काठमाडौं महानगरपालिकाले विज्ञ समूह बनाएको थियो, जसले मल्लकालीन शैलीमै बनाउन सिफारिस गरेको थियो । तर, पुरातत्व विभागले विज्ञ समूहको प्रतिवेदन कार्यान्वयन गर्न नसकिने बताएको छ । सर्वोच्च अदालतको आदेशको पालना गर्दै भूकम्पअघिकै अवस्थामा फर्काउने निर्णय गरिएको छ ।
उनकाअनुसार सर्वोच्चले २ माघमा रानीपोखरी मन्दिरको पुनर्निर्माण रोक्नुनपर्ने र प्रत्येक महिना भएको प्रगतिको विवरण अदालतमा पेश गर्न आदेश दिएको छ । बालगोपालेश्वर मन्दिरको पुनर्निर्माण पुरातात्विक मर्म विपरित भइरहेको भन्दै रिट परेको थियो । तर, सर्वोच्चले पुनर्निर्माण रोक्नु नपर्ने आदेश दिएको थियो । पुरातत्वकै पूर्वप्रमुख विष्णुराज कार्की नेतृत्वको विज्ञ समूहले मन्दिरलाई ग्रन्थकुट शैलीमा निर्माण गर्न सिफारिस गरेको थियो । समूहमा विभागबाट समूहमा रहेका तीन जनाले भने सुझाव प्रतिवेदनमा हस्ताक्षर गरेका थिएनन् ।
सुरुमा रानीपोखरीसँगै मन्दिर महानगरपालिकाले बनाउने जिम्मा पाएको थियो । तर, कंक्रिट प्रयोग भएको भन्दै विरोध भएपछि मन्दिर पुरातत्व आफैंले बनाउँदैछ । उसले भूकम्पअघिको जस्तै ‘गुम्बज शैली’मा निर्माण गरिरहेको छ ।
मन्दिर पुनर्निर्माणका लागि विभागले एक करोड ५० लाखमा ठेक्का लगाएर काम गरिरहेको छ । ‘असारसम्म ठेकेदारले गुम्बज शैलीमै मन्दिर बनाएर हामीलाई हस्तान्तरण गर्छ’ महानिर्देशक दाहालले भने, ‘मन्दिरको निर्माण तीव्र गतिमा अघि बढेको छ । रानीपोखरी निर्माणको जिम्मा महानगरकै हो । उसले विज्ञ समूहको सुझाव अनुसार पोखरी निर्माण गर्न भन्दै पुरातत्व विभागसँग डिजाइन मागेको छ । तर, विभाग भने पोखरीमा पनि मल्लकालीन शैली अबलम्बन गर्ने पक्षमा छैन ।
महानगरले आफ्नो स्वीकृती बेगेर निर्माण गरेको कंक्रिट संरचना हटाइने पुरातत्वले बताएको छ ।