वार्टफोर्डलाई पराजित गर्दै म्यानचेस्टर सिटीले जित्यो एफए कपको उपाधि

होमल्याण्ड खबर

२०७६ जेष्ठ ५ गते, आईतवार ०८:२० मा प्रकाशित

वार्टफोर्डलाई पराजित गर्दै म्यानचेस्टर सिटीले एफए कपको उपाधि जितेको छ ।

वेम्बली स्टेडियममा शनिबार राति भएको फाइनलमा वार्टफोर्डलाई ६–० ले पराजित गर्दै सिटीले उपाधि जितेको हो ।

सिटीका लागि रहिम स्ट्रर्लिङ र ग्राबियल जिससले दुई/दुई तथा डेभिड सिल्भा र केभिन डी ब्रुएनले एक/एक गोल गरे ।

खेलको २६ औं मिनेटमा सिल्भाले गोल गर्दै सिटीलाई अग्रता दिलाए । ३८ औं मिनेटमा जिससले गोल गर्दै सिटीको अग्रता दोब्बर बनाए । ६१ औं मिनेटमा ब्रुएनले गोल गर्दा सिटीको अग्रता तेब्बर बनाए । ६८ औं मिनेटमा जिससले व्यक्तिगत दोस्रो तथा सिटीका लागि चौंथो गोल गरे । त्यसपछि ८१ र ८७ औं मिनेटमा गोल गर्दै स्ट्रर्लिङले सिटीलाई फराकिलो जित दिलाए ।

म्यानचेस्टर सिटीले छैटौं पटक एफए कपको उपाधि उचालेको छ ।

सिटी एकै सिजन इंग्ल्यान्डको ३ घरेलु उपाधि जित्ने पहिलो क्लब बनेको छ । यसअघि सिटीले प्रिमियर लिग र काराबाओ कपको उपाधि जितिसकेको छ ।