१ मंसिर २०८१, शनिबार
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ ।
एकताको बाँकी काम टुंगो लगाउने बिहान ११ बजे बैठक बोलाइएको छ ।
जनसंगठनको एकता टुंगो लागेपछि अब पोलिटब्युरो कमिटी गठन, केन्द्रीय सदस्यहरूको कार्यविभाजन, विभाग गठनदेखि स्थानीय तहसम्मका कमिटीको एकता टुंगो लगाउन बाँकी छ ।
आजको बैठकबाट पोलिटब्युरो कमिटी गठन र केन्द्रीय सदस्यको कार्यविभाजनलाई टुंगो लगाउने तयारी छ ।