१ मंसिर २०८१, शनिबार
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज बस्ने भनिएको सचिवालय बैठक अनिश्चित कालका लागि स्थगित भएको छ ।
पोलिटब्यूरो गठन र केन्द्रीय सदस्यहरुको कार्य विभाजन टुंगाउन भनेर आइतबारका लागि बोलाइएको सचिवालय बैठक अनायास स्थगित भएपछि पार्टीभित्रको असन्तुष्टि छताछुल्ल देखिएको हो ।
आइतबार बिहान ११ बजे बस्ने भनिएको बैठकको लागि गृहकार्य नपुगेको भन्दै स्थगित भएको हो ।
गत सचिवालय बैठकमा पनि पोलिटब्यूरोमा रहने सदस्यको नामावली र केन्द्रीय सदस्यको कार्यविभाजनबारे सामान्य छलफल भएपनि थप छलफलको लागि समय अपर्याप्त भएको भन्दै आइतबारका लागि बैठकको समय तय गरिएको थियो ।