राजस्व चुहावट कारवाहीमा सरकार फितलो भयोः प्रेम सुवाल

होमल्याण्ड खबर

२०७६ जेष्ठ ८ गते, बुधबार १२:३१ मा प्रकाशित

प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले राजस्व चुहावटको विधेयकमा सरकार फितलो भएको बताएका छन् ।

सोमबार ११ बजेदेखि सुरु भएको बैठकमा उनले भने, ‘विधेयकमा कम राजस्व तिर्ने कुरामा कारवाही हुने भन्ने उल्लेख छ तर यो सबै कारवाही गर्ने प्रावधानहरु भएपनि कारवाहीहरु सबै फितलो भएको अनुभव भएको छ ।’

विभिन्न काण्ड लागाएत सुन काण्डमा पनि प्रहरीको सुराकीमा मिलेमतो भएको भन्ने कुरा बाहिर आएको छ जस्ले मेकानिजम बलियो हुनुपर्ने बताएका छन् ।
उनले राजस्व उठाउन नसकेको के कारण हो, किन उठाउन नसकेको, सरकारले किन सत्य तथ्य पत्ता लगाउन नसकेको हो जस्ता विभिन्न काण्डकहरुको खोजि हुनुपर्ने बताएका छन् ।