१ मंसिर २०८१, शनिबार
भारतीय लोकसभा चुनावमा प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय जनता पार्टीलाई ऐतिहासिक जित दिलाएकोमा नेपालको वीरगञ्जमा विजय जुलुस निकालिएको छ ।
भाजपाले बहुमत प्राप्त गरेपछि विश्व हिन्दू संगठनले वीरगञ्जमा बिहीबार साँझ जुलुस निकालेको हो ।
दीप प्रज्वलनसहित र्यालीले सहर परिक्रमा गरेको थियो । यस्तै र्यालीमा मिठाई समेत बाँडिएको थियो ।
र्यालीमा सहभागीहरुले ‘हर हर मोदी, घर घर मोदी’, ‘मोदी तिमी अघि बढ, हामी तिम्रो साथमा छौं’ जस्ता नारा लगाएका थिए ।