१ मंसिर २०८१, शनिबार
सत्तारुढ दल नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले बम आतंक फैलाएर कुनै प्रकारको राजनीतिक उद्देश्य प्राप्त नहुने बताएका छन् ।
विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसित सोमबार कुरा गर्दै दाहालले राजनीति रुपले राजनीतिक स्थिरता आएको बेला एक दुईवटा स्थानहरुमा बम विष्फोटका घटना हुँदैमा राजनीतिक स्थिरता छैन भनेर सोच्न नहुने बताएका छन् ।
साथै दाहालले बम आतंक फैलाएर मात्र राजनीतिक उद्देश्य प्राप्त हुन्छ भन्ने कुरा ठान्नु विल्कुल गलत भएको बताएका छन् ।
सरकारले प्रतिवन्ध लगाएको नेक्रवित्रम चन्द समूहको गतिविधिको आयु सकिन लागेको संकेत गर्दै अन्ततः वार्तामा आउनुको विकल्प नभएको दाहालको भनाई छ ।