१ मंसिर २०८१, शनिबार
राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र दिवसको अवसरमा ४३४ जना कैदीहरुको भुक्तान हुन बाँकी कैदको सजाय माफी गरेकी छन्।
राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा यस्तो बताइएको हो ।
जारी विज्ञप्तिमा भनिएको छ, ‘गणतन्त्र दिवस २०७६ को उपलक्ष्यमा असल चालचलन भई कैदको सजाय छोट्याउन योग्य र उपयुक्त देखिएका माधव राईसमेत चार सय ३४ जना कैदीहरुको भुक्तान हुन बाँकी कैदको सजाय नेपालको संविधानको धारा २७६ बमोजिम माफी भएको छ ।’