प्रधानमन्त्री ओलीले पाए राजनीतिमा मानार्थ उपाधि

होमल्याण्ड खबर

२०७६ जेष्ठ १५ गते, बुधबार १५:३५ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण कोरियाको काङनाम विश्वविद्यालयका तर्फबाट राजनीतिमा मानार्थ विद्यावारिधीको उपाधि ग्रहण गरेका छन् ।

बुधबार एक समारोहका बीच नेपाली सेनाको सानो भर्‍याङस्थित स्वास्थ्य विज्ञान संस्थानमा आयोजित कार्यक्रममा विश्विद्यालयलका प्रेसिडेन्ट डा. शिनिल युनले प्रधानमन्त्री ओलीलाई उपाधि प्रदान गरेका हुन् ।

उपाधी ग्रहणपछि बोल्दै प्रधानमन्त्री ओलीले आफूले पाएको मानार्थ विद्यावारिधी कोरियाले सम्पूर्ण नेपालीले गरेको सम्मानको रुपमा लिएको बताएका छन् ।

उनले भने, ‘यो सम्मान मेरो व्यक्तिगत होइन सम्पूर्ण नेपालीको सम्मान हो ।

कोरियाको एउटा निजी तथा क्रिश्चियन विश्वविद्यालयले दिएको मानार्थ विद्यावारिधि ग्रहण गर्नको लागि ओलीले गणतन्त्र दिवस र बजेटको व्यस्तताकाबीच २ घण्टाको समय निकालेका छन् ।