आ.ब.२०७६।७७मा स्वास्थ्य स्वयंसेविकालाई वार्षिक रु ३००० उपलब्ध गराइने

होमल्याण्ड खबर

२०७६ जेष्ठ १५ गते, बुधबार १६:३७ मा प्रकाशित

अर्थमन्त्री डा. युवराज खतिवडाले २०७६।७७मा देशभर रहेका स्वास्थ्य स्वयंसेविकालाई यातायात खर्चबापत वार्षिक रु. ३००० उपलब्ध गराइने भएको छ ।

जेठ १५ गते बुधबारका दिन संसदमा बजेट भाषण गर्दै अर्थमन्त्री खतिवडाले देशभर रहेका स्वास्थ्य स्वयं सेविकाहरुलाई वितरण गर्न पन्ध्र करोड छुट्टाएको बताएका छन् ।

राणा शासनको अन्त्यपश्चात् विक्रम सम्वत् २००८ सालमा तत्कालीन अर्थमन्त्री सुवर्ण सम्शेर राणाले ५ करोड २५ लाख २९ हजार रूपैयाँको नेपालको पहिलो बजेट पेश गरेका थिए।

त्यसपछिका सरकारहरूले हरेक आर्थिक वर्षका लागि बजेट भाषणमार्फत् बजेटको घोषणा गर्दै आएका छन्।