१ मंसिर २०८१, शनिबार
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको ल्याएको बजेट जन चाहना विपरित आएको बताएको छ ।
बिहीबार कांग्रेस संसदिय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले नेपाली जनताको चाहना विपरित बजेट आएको निष्कर्ष निकाल्दै यस्तो बताएको हो ।
कांग्रेस सचेतक बालकृष्ण खाँडले मुलुकको विकास, निर्माणको कामलाई तीव्रता दिने, रोजगारीको अवसर बढाउने, उत्पादन वृद्धि गर्ने जस्ता कुराहरुलाई भन्दा जनतालाई थप ऋणको भार थोपर्ने वाहेक केही गर्न नसकेको बताए ।
साथै कांग्रेस संसदीय दलले सांसदहरुका लागि विनियोजन गरिएको ६ करोड बजेट दुरुपयोग गरे तत्काल विरोध गर्ने निर्णय समेत गरेको उनको भनाई थियो ।