लोकसेवाको विज्ञापन परिमार्जन नभए आन्दोलनमा निस्कने सांसद कर्णको चेतावनी

होमल्याण्ड खबर

२०७६ जेष्ठ १९ गते, आईतवार १२:०२ मा प्रकाशित

राजपाका सांसद लक्ष्मणलाल कर्णले लोकसेवाको विज्ञापन प्रति असन्तुष्टि देखाएका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै कर्णले लोकसेवाको विज्ञापन परिमार्जन नभए आन्दोलनमा निस्कने चेतावनी दिएका छन् ।

उनले भने, ‘लोकसेवाको विज्ञापन प्रति यती धेरै विरोध हुँदा हुँदै पनि ठिक छ भन्न पाइन्छ ? उनले भने प्रदेश तह, स्थानिय तहलाई बेवास्था गरेर केन्द्रमा मात्र लोकसेवाको विज्ञापन निकाल्न पाइँदैन ।’

उनले सो विरोधमा विधार्थीहरुसहित आफुहरुपनि आन्दोलनमा निस्कने बताएका छन् ।

उनले लोकसेवा आयोगले निकालेको विज्ञापन प्रति पनि आपत्ति जनाएका छन्। मुलुक संघीयतामा गइसकेपछि पनि त्यसको बेवास्ता गर्दै संवैधानिक आयोगले संविधानको उल्लघंन गरेर विज्ञापन निकालेर संविधान उल्लघंन गरेको आरोप लगाए।