रोजगारी सिर्जना गर्ने लक्ष्य उडन्तेः सांसद ज्ञानेन्द्र कार्की

होमल्याण्ड खबर

२०७६ जेष्ठ २० गते, सोमबार १२:३९ मा प्रकाशित

पूर्व अर्थमन्त्रीसमेत रहेका कांग्रेस सांसद ज्ञानेन्द्र कार्कीले सरकारले पाँच लाख रोजगारी सिर्जना गर्ने भनी राखेको लक्ष्य उडन्ते भएको आरोप लगाएका छन्।

सोमबार प्रतिनिधि सभाको बैठकमा बजेटको छलफलका क्रममा कार्कीले पाँच लाख रोजगारी सिर्जना गर्ने लक्ष्य उडन्ते भएको आरोप लगाएका हुन्।

कार्यक्रममा बोल्दै कार्कीले भने, ‘पाँच लाख रोजगारी सिर्जना गर्ने लक्ष्य उडन्ते छ। वैदेशिक रोजगारीमा जानेको संख्या २९ प्रतिशतले घटेको सरकारले यहाँ रोजगार सिर्जना गरेको हैन। श्रम समस्या भएका कारणले वैदेशिक रोजगारीमा जानेको संख्या घटेको हो।’

साथै उनले बजेटमा भयावह व्यापार घाटा न्यूनीकरणका कुनै कार्यक्रम नदेखिएको बताए ।