१ मंसिर २०८१, शनिबार
नेपाली कांग्रेसका युवा नेता गगन थापाले कम्युनिष्ट सरकारको चर्को आलोचना गरेका छन् । उनले वर्तमान सरकार विकासका कार्यमा पछाडि परेको बताएका छन् ।
मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै नेता थापाले सरकार विरुद्ध चर्को आलोचना गरेका हुन् ।
उनले भने, ‘नेकपाको नारा छ समृद्ध नेपाल, सुखी नेपाली, समृद्धको परिभाषा के हो ? के भयो भने नेपाली सुखी हुन्छ ? यो बजेट पढेर बुझ्न सकिँदैन ।’ थप्दै उनले भने, ‘नयाँ आर्थिक बजेट पढेर नेकपा कस्तो पार्टी हो भनेर बुझ्न सकिन्छ ।’
थापाले यो बजेटले कुनै नयाँ विषय नल्याएको दावी गरे ।