१ मंसिर २०८१, शनिबार
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बुधबार पनि बस्दैछ ।
केन्द्रीय सदस्यको कार्यविभाजनबारे टुङ्गो लगाउने विषयमा छलफल गर्न नेकपाको सचिवालय बैठक बुधबार पनि बस्न लागेको हो । बैठक दिउँसो १२ बजे बस्ने छ ।
बुधबारको बैठकले केन्द्रीय सदस्यको कार्यविभाजनको विषय सम्पन्न गरेमा प्रवास संगठनको एकीकरण लगायतका काम र अरु विषय पनि छलफल गरिने पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
मंगलबारको बैठकमा कार्यविभाजनको कार्यसूचिमा छलफल सुरु भएको र छलफल सहमति नजिक पुगेकाले बुधबारको बैठकले टुंगो लगाउने सम्भावना रहेको उनले बताए ।
यही जेठ ३ गते पार्टी एकीकरण भएको एक वर्ष पुगेको अवसरमा १९ वटा जनवर्गीय सङ्गठनको नाम, संयोजक र सहसंयोजक तोकेको थियो ।
पार्टी एकतापछि पोलिटब्यूरो गठनसमेत हुन सकेको छैन ।