नेकपाको बैठक निष्कर्षमा नपुगी टुंगियो

होमल्याण्ड खबर

२०७६ जेष्ठ २२ गते, बुधबार १५:३८ मा प्रकाशित

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बिना निष्कर्ष टुंगिएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा केन्द्रीय सदस्यहरुको कार्यविभाजन तथा जिल्ला इन्चार्ज तथा सहइन्चार्जको टुंगो लगाउन बसेको बैठक बिना निष्कर्ष नै टुंगिएको हो ।

वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले एक व्यक्ति एक पदको अडान लिएपछि जिल्ला नेतृत्वको टुंगो लाग्न नसकेको बताइएको छ ।

सचिवालय बैठक जेठ २३ गते बिहान ९ बजे पुन बस्ने गरी स्थगित भएको बताइएको छ ।