१ मंसिर २०८१, शनिबार
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको बैठक आज बिहिबार पनि बस्दैछ ।
केन्द्रीय सदस्यको कार्यविभाजनबारे टुङ्गो लगाउने तथा जिल्लाका इन्चार्ज र सहइन्चार्ज तोक्ने विषयमा छलफल गर्न नेकपाको सचिवालय बैठक बिहीबार पनि बस्न लागेको हो । बैठक बिहान ९ बजे बस्ने छ ।
मंगलबारदेखि बस्दै आएको बैठकमा इन्चार्ज र सहइन्चार्ज कसरी बनाउने भन्नेबारे विवाद हुँदै आएको छ ।