बजेटमाथिको सैद्धान्तिक छलफल सकिँदै, आजै अर्थमन्त्रीले जवाफ दिने

होमल्याण्ड खबर

२०७६ जेष्ठ २३ गते, बिहीबार १०:२६ मा प्रकाशित

आर्थिक वर्ष २०७६/०७७ को वार्षिक बजेटको सैद्धान्तिक छलफल प्रतिनिधिसभामा आज बिहीबार सकिँदैछ ।

प्रतिनिधिसभामा छलफलमा भाग लिने सांसद् संख्या बाँकी रहेका कारण बिहीबार पनि छलफलको समय तोकिएको छ ।

आइतबारदेखि सुरु भएको छलफलमा बिहीबार केही सांसदहरुले धारणा राखेपछि अर्थमन्त्री युवराज खतिवडाले जवाफ दिने कार्यसूची तय भएको संसद् सचिवालयले जनाएको छ ।

बैठक बिहान ११ बजेदेखि बोलाइएको छ ।

जेठ १५ गते अर्थमन्त्री युवराव खतिवडाले आगामी आर्थिक वर्ष २०७६/७७ का संघीय संसदमा १५ खर्ब ३२ अर्ब ९६ करोडको बजेट प्रस्तुत गरेका थिए ।

बजेटमाथिको मन्त्रालयगत छलफल शुक्रबारदेखि गर्ने तयारी गरिएको छ ।

मन्त्रालयगत छलफलपछि विभागीय मन्त्रीले जवाफ दिनेछन् । मन्त्रीको जवाफपछि बजेट पारितको प्रक्रिया सुरु हुनेछ । उक्त अवधिमा सांसद्लाई बजेटमाथि खर्च कटौती तथा अन्य संशोधन दर्ताका लागि समय दिइनेछ ।