१ मंसिर २०८१, शनिबार
नेकपाको सचिवालय बैठक आज पनि निष्कर्षमा नपुगी टुंगिएको छ ।
केन्द्रीय सदस्यहरूको कार्यविभाजन गर्न तथा जिल्ला इन्चार्ज र सहइन्चार्जको टुंगो लगाउन बसेको नेकपा सचिवालय बैठक आज पनि बिना निष्कर्ष टुंगिएको हो ।
केन्द्रीय सदस्यको कार्य्विभाजन र जिल्ला कमिटी गठन अब प्रधानमन्त्री केपी ओली युरोपबाट फर्केपछिमात्रै बस्ने सचिवालयले बताएको छ । ओली जेठ २५ गते युरोप भ्रमणमा निस्कनेछन् र जेठ अन्तिममा मात्र फर्किनेछन् ।
७७ वटै जिल्लाको इन्चार्ज र सहइन्चार्ज तोक्न तीन दिनदेखि सचिवालयको बैठक बसे पनि निष्कर्ष निस्कन सकेको छैन ।