२४ फाल्गुन २०८२, आईतवार
प्रधानमन्त्री केपी ओलीले देश समृद्धिको दिशातर्फ बढेको केही तत्वहरुले देख्न नसकेको आरोप लगाएका छन्।
शुक्रबार भक्तपुरबाट प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ गर्दै ओलीले आतंक र चन्दाका साथै देशलाई पश्चगमन तर्फ लैजान खोज्नेहरु सल्वलाएको भन्दै यस्तो बताएका हुन् ।


प्रधानमन्त्री ओलीले भने, ‘सयौं बर्ष राज गरेर पार भएको राजसंस्थालाई ब्यूँताउनु पर्छ भन्ने खेलमा लागेकाहरुले अव देशको समृद्धि कसरी गर्न सकिन्छ भन्ने तर्फ लाग्नु नै समयको माग हो ।’
प्रधानमन्त्री ओलीले नेपालमा कोही भोकै नपर्ने र कोही भोकले नमर्ने बताउँदै बिश्वका बिभिन्न देशमा भोककै कारण मर्न परेको भन्दै नेपालका कला संस्कृति सभ्यता, प्रकृतिलगायतले भरिपूर्ण नेपालमा कसैले समृद्धिको बाटो छेक्न नसक्ने बताए ।
सोहि कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक विकासमन्त्री गोकर्ण विष्टले सरकारले बेरोजगार युवालाई स्वरोजगार बनाउन ‘प्रधानमन्त्री स्वरोजगार कार्यक्रम’ लागू गरेको बताए ।
चालु आर्थिक वर्षमा एक महिनामात्रै कार्यक्रम सञ्चालन हुने र आगामी वर्षबाट अझै व्यवस्थित रुपमा देशैभरि कार्यक्रम सञ्चालनका लागि बजेटको व्यवस्था गरेको विष्टको भनाई थियो ।
आजदेखि भक्तपुरका चार वटै नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएको छ । भक्तपुरका करिव ७ सय बेरोजगारीले रोजगार पाएका छन् ।
साथै प्रधानमन्त्री ओलीले सुर्वणचोकदेखि तीन धारा जाने सडक निर्माणको सुभारम्भ समेत गरेका थिए ।