कोपा अमेरिका फुटबलः यस्तो छ, नेपाली समयअनुसार खेल तालिका

होमल्याण्ड खबर

२०७६ जेष्ठ २९ गते, बुधबार ०८:५३ मा प्रकाशित

दक्षिण अमेरिकी क्षेत्रको देशस्तरीय सबैभन्दा ठुलो फुटबल प्रतियोगिता ४६ औं संस्करणको कोपा अमेरिका फुटबल प्रतियोगिता जेठ ३२ गते अर्थात जुन १४ तारिखबाट ब्राजिलमा सञ्चानल हुँदैछ ।

जेठ ३२ गतेदेखि असार २३ गतेसम्म हुने प्रतियोगितामा विभिन्न १२ देशका टोलीलाई तीन समूहमा विभाजन गरिएको छ ।

ब्राजिलको विभिन्न पाँच सहरमा आयोजना हुने कोपा अमेरिकामा दुई आमन्त्रित टिमसहित १२ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

समूह ‘ए’ मा ब्राजिल, बोलिभिया, भेनेजुएला र पेरु रहेका छन् । त्यस्तै समूह ‘बी’ मा अर्जेन्टिना, कोलम्बिया, पराग्वे र आमन्त्रित टिम कतार रहेका छन् ।

यसैगरी समूह ‘सी’ मा साविकको विजेता चिली, उरुग्वे, इक्वेडर र आमन्त्रित टिम जापान रहेका छन् ।

प्रतियोगिताको पहिलो खेलमा आयोजक राष्ट्र ब्राजिलले बोलिभियासँग खेल्दैछ ।

खेल तालिका

समूह चरणको खेल तालिका:
जेठ ३२, शनिबार – बिहान ६:१५ बजे – ब्राजिल विरुद्ध बोलिभिया
असार १ , आइतबार – मध्यरात १२:४५ बजे – भेनेजुएला विरुद्ध पेरु
असार १, आइतबार – बिहान ३:४५ बजे – अर्जेन्टिना विरुद्ध कोलोम्बिया
असार २, सोमबार – मध्यरात १२:४५ बजे – पराग्वे विरुद्ध कतार
असार २, सोमबार – बिहान ३:४५ बजे – उरुग्वे विरुद्ध इक्वेडर
असार ३ , मंगलबार –बिहान ४:४५ बजे – जापान विरुद्ध चिली
असार ४, बुधबार – बिहान ३:१५ बजे – बोलिभिया विरुद्ध पेरु
असार ४, बुधबार – बिहान ६:१५ बजे – ब्राजिल विरुद्ध भेनेजुएला
असार ५ , बिहीबार – बिहान ३:१५ बजे – कोलोम्बिया विरुद्ध कतार
असार ५, बिहीबार – बिहान ६:१५ बजे – अर्जेन्टिना विरुद्ध पराग्वे
असार ६ , शुक्रबार – बिहान ४:४५ बजे – उरुग्वे विरुद्ध जापान
असार ७, शनिबार – बिहान ४:४५ बजे – इक्वेडर विरुद्ध चिली
असार ८, आइतबार – मध्यरात १२:४५ बजे – बोलिभिया विरुद्ध भेनेजुएला
असार ८, आइतबार – मध्यरात १२:४५ बजे – ब्राजिल विरुद्ध पेरु
असार ९ , सोमबार – मध्यरा १२:४५ बजे – अर्जेन्टिना विरुद्ध कतार
असार ९, सोमबार – मध्यरात  १२:४५ बजे – कोलोम्बिया विरुद्ध पराग्वे
असार १० , मंगलबार – बिहान ४:४५ बजे – उरुग्वे विरुद्ध चिली
असार १०, मंगलबार – बिहान ४:४५ बजे – इक्वेडर विरुद्ध जापान

क्वाटरफाइनल :
असार १३, शुक्रबार – बिहान ६:१५ बजे – समूह ए विजेता विरुद्ध तेस्रो स्थान (बी/सी)
असार १४, शनिबार – मध्यरात १२:४५ बजे – समूह ए उपविजेता विरुद्ध समूह बी उपविजेता
असार १४, शनिबार – बिहान ४:४५ बजे – समुह बी विजेता विरुद्ध समुह सी उपविजेता
असार १५, आइतबार – मध्यरात १२:४५ बजे – समूह सी विजेता विरुद्ध तेस्रो स्थान (ए/बी)

समूह चरणको समाप्तिपछि हरेक समूहका उत्कृष्ट २ तथा तेस्रो स्थान हासिल गर्ने दुई उत्कृष्ट टोली क्वाटरफाइनलमा प्रवेश गर्नेछन्

सेमिफाइनल:
असार १८, बुधबार – बिहान ६:१५ बजे – विजेता पहिलो क्वाटरफाइनल विरुद्ध विजेता तेस्रो क्वाटरफाइनल
असार १९, बिहिबार – बिहान ६:१५ बजे – विजेता दोस्रो क्वाटरफाइनल विरुद्ध विजेता चौथो क्वाटरफाइनल

तेस्रो स्थान:
असार २२, आइतबार – मध्यरात १२:४५ बजे – सेमिफाइनलमा पराजित टोली

फाइनल:
असार २३, सोमबार – बिहान १:४५ बजे – सेमिफाइनलमा विजयी टोली