एक महिने जागरण अभियानमा ३१ हजार ६४२ को पार्टी प्रवेशः नेपाली कांग्रेस

होमल्याण्ड खबर

२०७६ जेष्ठ ३० गते, बिहीबार १३:३३ मा प्रकाशित

नेपाली कांग्रेसले आयोजना गरेको प्रथम चरणको जागरण अभियान सफलतापूर्व सम्पन्न भएको बताएको छ । बिहीबार केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै यस्तो बताएको हो ।

पहिलो चरणले पार्टीप्रति आकर्षण र सरकारप्रति विकर्षण बढेको निष्कर्ष निकालेको छ । जागरण अभियानका क्रममा ‘जिल्ला, क्षेत्र, गाउँनगर र वडास्तरमा गरेर दुई हजार कार्यक्रम भएको र ३१ हजार ६४२ जना कांग्रेस पार्टीमा प्रवेश गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

सबैभन्दा बढी सप्तरीमा प्रवेश गरेको जसमा २५०० मध्ये १५०० नेकपाका कार्यकर्ता रहेको प्रवक्ता शर्माको भनाई थियो 

पाटी प्रवेश गरेकाहरुलाई प्रशिक्षण प्रदान गरी जिम्मेवारी समेत सुम्पिने जनाइएको छ ।

साथै अब भदौं २४ गते बीपी जयन्तीको अवसर पारेर दोस्रो चरणको अभियान सुरु गर्ने र अभियान सुरु गर्नु अगावै पार्टीको आन्तरिम संरचना, नेविसंघ, तरुण दललगायतका भ्रातृ संगठन गठन गरिने र सक्रिय रुपमा अभियानमा लाग्ने शर्माको भनाई थियो ।

उनका अनुसार, ‘जागरण अभियानबारे असार दोस्रो सातासम्म प्रतिवेदन बुझाउन भनिएको छ । असार तेस्रो साता केन्द्रीय कार्यसमितिको बैठक बसेर समीक्षा हुनेछ ।’