१ मंसिर २०८१, शनिबार
सरकारले ल्याएको गुठी सम्बन्धी विधेयकमा नेपाली कांग्रेसले आपत्ति जनाएको छ ।
बुधबारको प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसद भीमसेनदास प्रधानले आइएलओ १६९ को व्यवस्था विपरीत भएको जसले आदिवासी जनजातिको धर्म संस्कृतिमाथि प्रहार गरेको आरोप लगाए।
उनले भने, ‘काठमाडौंको धर्म संस्कृति र सम्पदाले नेपाललाई विश्वभर चिनाएको छ। यही सम्पदा र संस्कृतिमाथि सरकारले हस्तक्षेप गर्न खोजेको छ । काठमाडौंमा आन्दोलनको हुरी चल्दै छ। बादल गर्जिँदै छ। बेलैमा ध्यान दिइयोस्। सरोकारवालासँग संस्कृतिविद्सँग छलफल गरेर ल्याइयोस् ।’ ‘काठमाडौंका जनता उठेपछि कुनै शासकले रोक्न सक्दैन।
याद होला राणा पञ्चायत ढालेका काठमाडौंका जनता जुरुक्कै उठेपछि हो। यहाँका जनता जुरुक्कै उठेपछि नेपाली तानासाही राजतन्त्र ढल्यो,’ उनले भने, ‘पुनस्स्थापित सांसदले राजा फाल्यो। हिजो राजा फाल्ने हाम्रो ऐजन्डा थिएन। काठमाडौंका जनता जुरुक्क उठेपछि राजा फालियो। हामीलाई केपी ओली सरकार ढल्ला भन्ने चिन्ता होइन। बलिदान बाट ल्याएको उपलब्धि र यो संविधान के होला भन्ने चिन्ता हो।’
विधेयकमा भएको व्यवस्थाको विरोधमा आम मानिसले विरोध भइरहेको भन्दै उनले विधेयक ल्याउँदा सरकारले सरोकारवालासँग छलफल नगरी ल्याएको बताए।