९ मंसिर २०८१, आईतवार
आज जुन १४ अर्थात विश्व रक्तदाता दिवस । ‘सुरक्षित रगत सबैका लागि’ भन्ने नाराकासाथ यो वर्ष विश्व रक्तदाता दिवस नेपालमा पनि मनाइँदैछ ।
दिवसको अवसरमा सरकारी तथा गैरसरकारी संघ संस्थाले अन्तरक्रिया, प्रभातफेरीलगायतका सचेतनामूलक कार्यक्रम गर्दैछन् ।
मानिसको रक्त समूह पत्ता लगाउने चिकित्सक कार्ल ल्याण्डस्टिनरको जन्मदिन पारेर सन् २००४ देखि हरेक वर्ष जुन १४ तारिखमा यो दिवस मनाउने गरिन्छ ।
दिवसलाई नयाँ रक्तदाताका रुपमा युवाहरुलाई उत्प्रेरित गर्ने र नियमित रक्तदाताहरुलाई सम्मानगर्ने अवसरको रुपमा समेत लिने गरिएको छ ।
नेपालमा पहिलोपटक समाजसेवी दयावीरसिंह कंशाकारले रक्तदान गरेका थिए ।
केन्द्रीय रक्तसञ्चार सेवाको तथ्यांक अनुसार दैनिक २५० युनिट रगतको आवश्यकता पर्छ । हाल केन्द्रमा दुईसय युनिट मात्र रगत संकलन भइरहेको छ । केन्द्रीय रक्तसञ्चार सेवाको तथ्यांक अनुसार दैनिक ५० युनिट रगत अभाव भइरहेको छ ।
तथ्यांक अनुसार नेपालका ७७ जिल्लाबाट १०५ केन्द्र मार्फत रगत वितरण हुँदै आएको छ । हरेक वर्ष चैत अन्तिमबाट असारसम्म रगतको अभाव हुने गरेको तर माग अनुसारको आपूर्ति हुन कठिन हुने गरेको छ ।