१ मंसिर २०८१, शनिबार
झन्डै दुई दशकपछि भएको नेपालका प्रधानमन्त्रीको बेलायत भ्रमण गलत समय र पर्याप्त तयारी नपुग्दा खल्लो बन्न पुगेको समाचार आजको नागरिकले दोस्रो पृष्ठमा छापेको छ ।
समाचारमा लेखिएको छ, साताव्यापी युरोप भ्रमणमा क्रममा बेलायत पुगेका प्रधानमन्त्री ओलीले तीन दिन त्यहाँ बस्दा बेलायती समकक्षी थेरेसा मेसँग भेट त गरेका छन्, तर यसबेला उनी काम चलाउ सरकार प्रमुख भएकाले महत्तपूर्ण विषयमा सहमति वा सम्झौता भने हुन सकेन ।
बेलायत भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले बेलायती महारानीसँग पनि भेट हुन सकेन । बेलायतमा महारानीसँगको भेटलाई महत्वपूर्ण रुपमा लिने गरिन्छ ।