१४ मंसिर २०८१, शुक्रबार
नेपाल उधोग परिसंघको युवा उद्यमी मञ्चले आयोजना गरेको “बाबुराम भट्टराईको आखाँबाट नेपाल” भन्ने शिर्षकको अन्तरक्रियामा पूर्व प्रधानमन्त्री भट्टराईले युवा उधमीहरुलाई राजनीतिक गतिविधिमा सक्रिय सहभागिताका लागि आग्रह गरे ।
अन्तरक्रियाको मूख्य उद्देश्य पूर्व प्रधानमन्त्री भट्टराईको राजनीतिक जीवनको अनुभव र उनले नेपालको अबको भविष्य कस्तो देखेका छन् भन्नेबारे थियो । नेपाल किन बाँकी विश्वभन्दा धेरै पछाडि परेको भन्ने युवा उधमीहरुको प्रश्नमा पूर्व प्रधानमन्त्री भट्टराईले केही ऐतिहासिक तथ्यहरु उल्लेख गरे ।
उनले भने, “अठारौँ शताब्दीमा नेपाल २५ वटा विकसित देश भित्र पथ्र्यो । तर शाह तथा राणा शासन कालमा नेपाल बाँकी विश्वसँग अलग रही नागरिकको ओहोर दोहोर नहुँदा प्रगति रोकिन पुग्यो । तर अहिले नेपाल विकासको बाटोमा अघि बढेको छ ।”
चीन र भारतको बीचमा रहेकाले नेपाललाई दुई देश बीचको गतिशिल पुलको रुपमा आर्थिक विकास गर्ने अवसर प्राप्त भएको पनि उहाँले उल्लेख गरे । चीनसँगको सम्बन्धले महत्व राखे पनि भारतसँगको ऐतिहासिक, भौगोलिक सांस्कृतिक र आर्थिक सम्बन्धले भारतसँग नेपाल थप नजिक रहेको पनि पूर्व प्रधानमन्त्री भट्टराईले बताए ।
उनले निर्वाचित राष्ट्रपतीय प्रणालीले नेपाललाई फाइदा पुग्ने आफ्नो विस्वास रहेको पनि महत्वका साथ उल्लेख गरे । छलफलका क्रममा नेपालको भविष्य सकारात्मक रहेकोमा पूर्व प्रधानमन्त्री भट्टराईको जोड थियो । कार्यक्रमको प्रारम्भमा नेपाल उधोग परिसंघका अध्यक्ष सतिश कुमार मोरले डा. भट्टराईको स्वागत गर्दै देशको हातमा उधोग व्यवसायको वस्तुस्थिति बारे परिसंघको धारणा व्यक्त गरे ।