१४ मंसिर २०८१, शुक्रबार
नेपाल आयल निगम लिमिटेडले पेट्रोलको मूल्य घटेको बताएको छ ।
निगमले इण्डियन आयल कर्पोरेशनबाट प्राप्त गरेको मूल्य अनुसार आइतबार रातीदेखि डिजेल र पेट्रोल र मटितेलको मूल्य प्रतिलिटर २ रुपयाँ घटाएको हो ।
एल.पि. ग्याँस र हवाई इन्धनको मूल्य भने यथावत रहेको छ । बजारमा पेट्रोल र डिजेल मटितेलको मूल्य क्रमसः प्रतिलिटर १०८ र ९६ रुपयाँ ५० पैसा पुगेको छ ।