१ मंसिर २०८१, शनिबार
नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले आफूलाई राष्ट्रिय सभा सदस्य बनाउन प्रधानमन्त्री ओलीसँग माग गरेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर निर्वाचन अघिको ३ बुँदे सहमति कार्यान्वयन गर्न उनले ध्यानाकर्षण गराउँदै यस्तो माग गरेका हुन् ।
ढकालका नीजि सचिब जितेन्द्र श्रेष्ठका अनुसार उनले ओलीलाई भेटेर नेपाल परिवार दलले संचालन गरेको राष्ट्र जागरण अभियानको बारेमा जानकारी तथा तत्कालिन नेकपा एमाले र नेपाल परिवार दलबीच भएको ३ बुदे सहमतिको कार्यन्वयनको लागि ध्यानाकर्षण गराएका छन् ।
परिवार दलले उक्त बिषयमा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाललाई पनि ध्यानाकर्षण गराउने बताएको छ।
निर्वाचन अगाडि भएको सहमति अनुसार ढकालले सूर्य चिन्ह लिएर चुनावमा गएका थिए। त्यतिवेला एमालेसँग संघीय संसदमा परिवार दललाई प्रतिनिधित्व गराउने सहमति भएको भन्दै आफ्नो दलका तर्फबाट राष्ट्रियसभामा सहभागि गराउन माग गरेको बताइएको छ ।
सहमति अनुसार परिवार दलका तर्फबाट समानुपातिक प्रणाली अन्तर्गत नेताहरुलाई संसद बनाउने भनिएको थियो। ढकाल एमालेको समानुपातिक सूचीमा परेका थिए। तर निर्वाचनको परिणामले दलहरुका तर्फबाट महिलाहरुको प्रतनिधित्व सुनिश्चित गराउनुपर्ने भएपछि उनी बाहिर बस्नु परेको थियो ।