प्रधानमन्त्रीको दुखेसो: ‘समसामयिक बिषय र जनचासोमा सदनलाई जनाकारी गराउन पाईन’

होमल्याण्ड खबर

२०७६ असार ३ गते, मंगलवार १३:४३ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा आफुले गर्न लागेको सम्बोधनलाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध पुर्याएपछि गुनासो व्यक्त गरेका छन् ।

युरोप भ्रमण र गुठी बिधेयक बारे जानकारी गराउन रोष्ट्रम पुगेका प्रधानमन्त्री ओलीलाई कांग्रेस सांसदहरुले नाराबाजी गर्दै अवरोध गरेपछि प्रधानमन्त्रीले यस्तो दुखेसो पोखेका हुन् ।

उनको समाजिक संजाल ट्विटरमा ट्विट गर्दै भनेका छन्, ‘प्रतिपक्षाी नेकाले रोष्ट्रम घेरी अबरोध गरेका कारण मैले हालैको युरोप भ्रमण र गुठी बिधेयक लगायतका समसामयिक बिषयहरुमा राजेको जनचासोका सन्दर्भमा सम्मनित सदनलाई आज जानकारी गराउन पाईन ।यस घटनाबाट म दुःखी भएको छु ।’

मंगलबार बिहान ११ बजेदेखि सुरु हुने भनिएको बैठक १२ बजेपछि सुरु भएको थियो ।