सभामुख ज्यु ! प्रश्न अघि हुन्छ कि जवाफ ?: विश्वप्रकाश शर्मा

होमल्याण्ड खबर

२०७६ असार ३ गते, मंगलवार १५:३० मा प्रकाशित

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रवक्ता विश्वप्रकाश शर्माले पहिलो प्राथमिकता सधै विपक्षीलाई हुने बताएका छन्।

मंगलबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीले बोल्नु अघि प्रमुख प्रतिपक्षी दलको नेताले बोल्न पाउनुपर्ने माग कांग्रेसले राख्दै विरोध गरेपछि पूर्वशिक्षक समेत रहेका सभामुख कृष्णबहादुर महराले विधानविपरित कांग्रेसले संसद अवरुद्ध गरेको भनाईको खण्डन गर्दै प्रवक्ता शर्माले प्रश्न अघि हुन्छ कि जवाफ? भन्दै सामाजिक सञ्जालमा कटाक्ष गरेका छन् ।

मंगलबार आफ्नो आधिकारिक ट्वीटरमा ट्वीट गर्दै प्रवक्ता शर्माले समुन्नत लोकतन्त्रमा प्रश्न,जिज्ञासा र जनआवाज पहिले सुनिन्छ ।

देश फर्केपछि औपचारिक रुपले संसदमा प्रतिपक्ष मार्फत सडकका आवाज सुनेर सम्बोधन गर्नु प्रधानमन्त्रीको कर्तव्य हो । उल्लेख गरेका छन् ।
सामान्यतः जहिले पनि प्रधानमन्त्रीले सुरुमा नबोली सांसदहरुका प्रश्न तथा जिज्ञासाहरुको जवाफ दिने अन्तराष्ट्रिय अभ्यास रहेको छ ।

प्रधानमन्त्रीले बोल्नु अघि प्रमुख प्रतिपक्षी दलको नेताले बोल्न पाउनुपर्ने मूलतः संसदीय अभ्यास हो ।