ललिता निवास प्रकरणः ८६ जना अख्तियारको बयानमा (नामसहित)

होमल्याण्ड खबर

२०७६ असार ११ गते, बुधबार १५:४१ मा प्रकाशित

ललिता निवासको सरकारी जग्गाको विवादमा परेकाहरुलाई अख्तियार दूरुपयोग अनुसन्धान आयोगले बयानका लागि बोलाएको छ ।

बुधबार आयोगले सूचना जारी गर्दै ८६ जनालाई बयानको लागि बोलाएको हो।

सूचनामा भनिएको छ, ‘तपाईसमेतको संलग्नतामा सरकारले प्रचलित कानुनबमोजिमको मुआब्जा समेत दिई अधिग्रहण गरिलिएको साबिक हाँडीगाउँ मौजा हा.नं. ४५६ को लगत भिड्ने ललिता निवास क्याम्पभित्र पर्ने काठमाडौं, बालुवाटारको २९९ रोपनी सरकारी जग्गा मालपोत कार्यालय, काठमाडौं, डिल्लीबजारका कर्मचारीहरुसमेतको मिलेमतोमा विभिन्न मितिमा गैरकानुनी तरिकाले व्यक्ति विशेषलाई फिर्ता दिई अनधिकृत व्यक्तिहरुलाई जग्गाधनी र मोही कायम गरी भ्रष्टाचार गरेकाे भन्नेसमेत व्यहोराको उजुरीको अनुसन्धानको सिलसिलामा तपाईसँग केही बुझ्नुपर्ने भएकोले यो म्याद सूचना प्रकाशित गरिएको छ।

यो म्याद सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र यस आयोगको अनुसन्धान महाशाखा नं २ मा सम्पर्क राख्न आउनु होला, नआए कानुनबमोजिम भई जाने छ।’

नाम