१० मंसिर २०८१, सोमबार
मलेसियामा जारी एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले सिंगापुरलाई विशाल लक्ष्य प्रस्तुत गरेको छ ।
क्वालालम्पुरस्थित किनरारा ओभलमा भएको खेलमा नेपालले सिंगापुरलाई जितका लागि ३२७ रनको विशाल लक्ष्य प्रस्तुत गरेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभर खेल्दै ४ विकेट गुमाएर ३२६ रन बनायो ।
नेपालका लागि ऋत गौतमले अविजित ११५, खडक बोहोराले ९०, कुशल मल्लले अविजित ५१ र पवन सर्राफले ४५ रन बनाए ।
सिंगापुरका लागि प्रणव सुदर्शन राजेश कृष्णन र भिनित चितेस मेहेताले समान २/२ विकेट लिए ।