गृहमन्त्रीको अभिव्यक्ति व्यक्तिगत कि सरकारकै धारणा ?: प्रवक्ता शर्मा

होमल्याण्ड खबर

२०७६ असार २४ गते, मंगलवार १५:३६ मा प्रकाशित

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले गृहमन्त्री रामबहादुर थापाले दिएको अभिव्यक्ति व्यक्तिगत कि सरकारकै धारणा भन्दै प्रश्न गरेका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा सर्लाहीका कुमार पौडेलको शंकास्पद मृत्युलाई लिएर कांग्रेस र राजपाले मागेको जवाफमा गृहमन्त्रीले दिएको उत्तर चित्त नबुझेको विषलाई लिएर प्रवक्ता शर्माले यस्तो प्रश्न गरेका हुन् ।

उनले सामाजिक संजाल ट्विटर मार्फत ट्विट गर्दै लेखेका छन्, ‘लोकतन्त्रको रक्षा गोली चलाएर नै हुने हो प्रधानमन्त्रीज्यु? गृहमन्त्रीको अभिव्यक्ति व्यक्तिगत कि सरकारकै धारणा ? उसबेलाको प्रजातन्त्र ले गोली चलाएर नै आफ्नो रक्षा चाहेको भए थुप्रै हुरी, चट्याङ र बादलहरु बेपत्ता लिष्टमा पुग्ने थिएनन् र ? सहादतको सुचिमा भलै हामी कयौंको नाम हुन्थ्यो !’

गृहमन्त्रीले दिएको जवाफ चित्त नबुझेको भन्दै कांग्रेस र राजपाले रोष्टम घेराउ गरेपछि १५ स्थगित गरिएको बैठक पछि सूचना टाँस गर्दै बुधबार १ बजेका लागि बोलाइएको छ ।