१० मंसिर २०८१, सोमबार
इंग्ल्याण्ड र वेल्समा जारी आईसीसी विश्वकप क्रिकेटमा वर्षाले प्रभावित बनेको पहिलो सेमिफाइनलको भारत र न्युजिल्याडबीचको बाँकी खेल आज बुधबार हुने भएको छ ।
म्यान्चेस्टरस्थित ओल्ड ट्रफोट मैदानमा टस जितेको न्युजिल्याण्डले ब्याटिङ गर्ने क्रममा ४६.१ ओभरमा वर्षाका कारण खेल रोकिएको थियो । खेल रोकिनु अघि न्युजिल्याण्डले ५ विकेट गुमाएर २ सय ११ रन बनाएको थियो ।
वर्षा नरोकिएपछि अम्पायरले बाँकी खेल रिजर्व डे अर्थात आज हुने निर्णय गरेका थिए । न्युजिल्याण्डले आज ४६ दशमलव १ ओभरमा रहेर ब्याटिङ गर्नेछ ।
बाँकी खेल बुधबार नेपाली समयअुसार दिउँसो सवा ३ बजेदेखि सुरु हुनेछ ।
म्यान्चेस्टरमा बुधबार पनि वर्षाको सम्भावना छ । आज सारिएको खेल आज पनि नभएमा समूह चरणको रनरेटका आधारमा भारत फाइनलमा पुग्नेछ ।
यस खेलको विजेताले अस्ट्रेलिया र इंग्ल्याण्डबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग उपाधिका लागि खेल्नेछ ।