२ मंसिर २०८१, आईतवार
भोजपुरमा बुधबार बिहान साढे आठ बजे नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता र प्रहरीबीच भिडन्त भएको छ ।
सदरमुकामस्थित शनिबारे हटिया लाग्ने ठाउँमा गोली हानाहान हुँदा एक प्रहरी र एक विप्लवका कार्यकर्ताको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मृत्यु हुनेमा प्रहरी जवान सञ्जिव राई र विप्लव कार्यकर्ता निरकुमार राई रहेका छन् ।
घटनापछि त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
अहिले दुवैजनाको शव भोजपुर जिल्ला अस्पतालमा राखिएको छ ।