सचिवका कुरा सुन्दै प्रधानमन्त्री ओली

होमल्याण्ड खबर

२०७६ असार २६ गते, बिहीबार १२:२० मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओली आर्थिक वर्ष २०७५–२०७६ को नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन एवं कार्ययोजनाबारेको प्रगति समीक्षा बैठकमा सहभागी भएका छन् । बैठक अहिले सिंहदरबारमा जारी रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले जनाएका छन् ।  उनले ट्विट गर्दै जनाएअनुसार आज बिहान ११ः१५ बजेबाट भइरहेको समीक्षामा सचिवहरुबाट २३ वटा प्रस्तुति सुनेपछि प्रधानमन्त्रीले निर्देशन दिनेछन् ।