ओपोको नयाँ उत्पादन ए७१ (२०१८) सार्वजनिक

होमल्याण्ड खबर

२०७४ चैत्र ९ गते, शुक्रबार ११:५३ मा प्रकाशित

सेल्फी एक्स्पर्ट एण्ड लिडर ओपोले आफ्नो ए सिरिजको पोर्टफोलियोमा नयाँ उत्पादन ए७१ (२०१८) सार्वजनिक गरेको छ । ओपोको नयाँ उत्पादन ए७१ (२०१८)मा परिस्कृत एआई ब्यूटी प्रविधि र शक्तिशाली क्वालकम स्न्यापड्रयागन ४५० प्रोशेसर उपलब्ध गरिएको छ ।
फोनको फ्रण्ट क्यामेरामा ओपोको पृथक सेल्फी प्रविधि उपलब्ध गरिएको र यस फोनले यूवा पुस्तालाई प्रत्यक्ष आकषिर्त गर्ने सोचका साथ कम्पनीले आकर्षक स्लिम मेटालिक यूनी बडी डिजाइन पनि अपनाइएको छ । यस फोन सुनौलो र कालो गरी दूई भिन्न रंगमा उपलब्ध छ । मूल्य रु. १५ हजार ९ सय ९० निर्धारण गरिएको नयाँ फोन कम्पनीको देशभर रहेका विक्रि केन्द्रमा उपलब्ध छन् ।
नयाँ फोन मार्फत आफ्ना उपभोक्ताका माग तथा आवश्यकताको सक्दो सम्बोधन गर्नु हाम्रो लक्ष्य हो । नयाँ फोन मार्फत हामी यस कार्यमा सदाझैँ सफल हुनेछौँ भन्ने कम्पनीले बताएको छ ।