२ मंसिर २०८१, आईतवार
सरकारद्वारा प्रतिवन्धित पार्टी नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासँग सत्तारुढ दल नेकपाले वार्ता थालेकाे छ। विप्लवलाई मूलधारको राजनीतिमा ल्याउनका लागि सरकार र नेकपाका नेताहरुले टीम नै बनाएर विप्लव समूहका नेताहरुसँग छलफल शुरु गरिसकेका छन् ।
विप्लव समूहसँग वार्ताका लागि नेकपाका हाइकमाण्ड नेताहरुले समूह(समूह बनाएका छन् । जसअनुसार नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले महासचिव विष्णु पौडेल र कर्ण थापालाई खटाएका छन् । त्यस्तै नेकपाका अर्का अध्यक्ष प्रचण्डले जनार्दन शर्मा, लेखराज भट्ट र अग्निप्रसाद सापकोटालाई खटाएका छन् ।
त्यस्तै नेकपाका वरिष्ठ जेता माधवकुमार नेपालले तत्कालिन वार्ता टोलीका संयोजकसमेत रहेका सोमप्रसाद पाण्डेलाई खटाएका छन् । त्यसोत गृहमन्त्री रामबहादुर थापा बादलले राजनीतिक सल्लाहकार सुर्य सुवेदी पथिकलाई खटाएका छन् । गृहमन्त्री थापा आफै पनि विप्लवसँग वार्ताको लागि सक्रिय भएका छन् । शीर्ष नेताले खटाएका टोलीले विप्लव समूहसँग केहि छलफलसमेत गरेका छन् । तर उनीहरुले विप्लवसँग भने वार्ता गर्न सकिरहेका छैनन् ।
नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले विप्लवबारे पार्टीभित्र छलफल नभएपनि उनलाई मिलाउनका लागि सबै लागि परेको बताए । उनले हत्या हिंसा भन्दा पनि वार्ताबाटै समस्याको समाधनका लागि पहल भइरहेको बताए । वार्ताबाट सहमति हुने विषय भएकाले पार्टीले कुनै निर्णय नगरेको उनले बताए ।